मिडफिल्डर अनिता केसीले प्रीतिको स्थानमा आई लिग खेल्ने 

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २५ फागुन ।   मिडफिल्डर अनिता केसीले प्रीति राईको स्थानमा भारतीय महिला आई लिग खेल्ने भएकी छन् ।

नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएसँगै तीन महिना मैदानबाहिर हुने भएकी छन् ।

प्रीति भारतीय आई लिगमा किक स्टार्समा अनुबन्ध थिइन् । घाइते भएपछि किक स्टार्सले नेपाली राष्ट्रिय टोलीबाट खेलिरहेकी अनितालाई अनुबन्ध गरेको हो ।

किक स्टार्सले खेल्न बाँकी तीन खेलमा अनिता रहनेछिन् । अनिताले पहिलोपटक आई लिग खेल्न उत्साहित रहेको बताइन् ।

“पहिलोपटक आई लिग खेल्ने अवसर पाएको छु, त्यसको लागि निकै उत्साहित छु,” अनिताले भनिन्, “प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।”

किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मीकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा आबद्ध छन् । रश्मी र अमृता स्पोर्ट्स उडिसामा आबद्ध छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्