झापा गोल्डकप फुटबलको पहिलो सेमिफाइनलमा आज आर्मीले एपीएफसँग खेल्दै

खबर बुक
  • ख-
  • ख
  • ख+

 काठमाडौं, २५ फागुन ।  झापा गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुँदैछन् ।

पहिलो सेमिफाइनलमा आज शसस्त्र प्रहरीको एपीएफ र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । यो खेल दिउँसो २ बजेपछि विर्तामोडको डोमालाल राजवंशी मैदानमा शुरु हुनेछ ।

दोस्रो सेमिफाइनलमा भोलि झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । नारी दिवसको अवसरमा आज महिलालाई निःशुल्क खेल हेर्न दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले १३ लाख र उपविजेता टिमले नगद ७ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्