काठमाडौं, २४ फागुन । झापा– ११ फुटबल क्लब झापामा जारि छैंटौं झापा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बिर्तामोड स्थीत् डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाईनल खेलमा एन्फा मकवानपुरलाई ५–१ गोलको अन्तरले जित निकाल्दै झापा–११ सेमिफाईनलमा प्रवेश गरेको हो । झापा–११ कालागी आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदिप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागांईले गोल गरे ।
खेलको २४ औं मिनेटमा आदित्य शाक्यले झापा–११ कालागी पहिलो गोल गरे । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापाले खेलको ६६ औं मिनेटमा अग्रता दोब्बर बनायो । डिबक्स् भित्र समिराजको पासमा हेरिसनले उत्कृष्ट गोल गरेका थिए । खेलको ८३ औं मिनेटमा झापाका प्रदिप बुढाथोकीले गोल गरे भने अतिरिक्त समयमा बबिन बोहोरा र आशिष चापागांईले थप १–१ गोल गर्न सफल भए ।
खेलमा एन्फा मकवानपुरले १ गोल मात्र फर्कायो । खेलको ७९ औं मिनेटमा मकवानपुरकालागी ओस्कारले १ मात्र गोल गर्न सके । जित सगैं झापा–११ ले फाईनल प्रवेशकालागी शनिवार चर्चब्वाईज एफसि संग खेल्ने छ । शुक्रवारको पहिलो सेमिफाईनल खेल त्रिभुवन आर्मी र एपिएफ फुटबल क्लब बिचहुने झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।











