सुन मूल्यमा रेकर्ड, प्रतितोला १ लाख २३ हजार ५०० मा कारोबार

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ फागुन । सुनचाँदी बजारमा सुनको मूल्यले बुधबार पुनः नयाँ रेकर्ड बनाएको छ।

आज छापावाल सुन मूल्य प्रतितोला १ लाख २३ हजार ५०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन हालसम्मकै उच्च प्रतितोला १ लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ५०० ले बढेर नयाँ उचाइमा पुगेको हो। 

महासंघबाट सार्वजनिक विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २२ हजार ९०० कायम भएको छ। अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार ४०० मा कारोबार थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला ५ ले घटेर १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका तुलनामा नेपाली बजारमा दैनिक कारोबार मूल्य तोक्दै आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार १२६ डलरमा कारोबार भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्