काठमाडौं, कार्तिक १
नेपालमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ८ सय ३५ पिसिआर परिक्षणका क्रममा ४२ जना र ६ सय ७५ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ सय ३६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।













