काठमाडौं, फागुन १२ । ज्योति विकास बैंकअन्तर्गतको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित सहिद जगत प्रकाशजंग शाह संस्कृत माध्यमिक विद्यालयलाई दुई थान स्मार्ट बोर्ड उपलब्ध गराएको छ।
अन्तरक्रियात्मक सिकाइ विधिमार्फत विद्यालयमा अध्ययनरत विद्यार्थीमा सूचना प्रविधिसम्बन्धी सीप तथा धारणा विकासका लागि सहयोग गर्ने बैंकको विश्वास छ।
कार्यक्रममा संस्थाका संयोजक सुरेन्द्रबहादुर नेपालीले विद्यालयका प्रधानाध्यापक मञ्जु चित्रकारलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए।
उक्त अवसरमा बैंक सञ्चालक समिति सदस्य नरेशराज आचार्य, कर्मचारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मानबहादुर डंगोल, विद्यालयका विद्यार्थी उपस्थित थिए।











