डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १० फागुन । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ ।

४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो ।

आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरी देखि हिरासतमा रहेका छन् ।

आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबि गरेपनि २३ बर्ह्सिय महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफुलाई बलात्कार गरेको आरोप लगाउदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । 

आल्भेजका वकिलहरुले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।
 

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्