नेपाल ए ले क्यानडा-११ लाई दियो १८२ रनको लक्ष्य

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० फागुन । नेपाल ए ले क्यानडा- ११ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४७ ओभरमा अलआउट हुदै १८१ रन बनाएको हो ।

नेपाल ए का लागि आसुतोष घिरैयाले सर्बाधिक २८ रन बनाए भने अर्जुन कुमालले २७, बशीर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २०, रशिद खान र प्रतिश जिसीले १९-१९ रन बनाएका थिए ।

क्यानडा-११ का बलर निकोलस किर्तोन, डिलोन हेयलिगेर र हर्ष ठाकरले २-२ विकेट लिएका थिए ।

३ खेलको सिरिजमा १-१ को बराबरी रहेकाले यो खेल जित्नेले सिरिज जित्ने अवस्था रहेको छ ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्