ट्याक्सी यातायात व्यवसायी सडकमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, ९ फागुन ।ट्याक्सी यातायात व्यवसायीहरू आन्दोलित भएका छन् ।

‘सम्पूर्ण ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त सङ्घर्ष समिति’ को नाममा आन्दोलन सुरु भएको हो ।

उच्च अदालत पाटनले ट्याक्सीको राष्ट्रिय मापदण्डको बारेमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को नाममा जारी गरेको परमादेश हुबहु कार्यान्वयन गरिनुपर्ने,  ट्याक्सी सट्टाभर्नामा बजार प्रतिस्पर्धा नगराई लगाइएको एकाधिकार तोकिनुपर्ने,  निजी दुई तथा चार पाङ्गे् सवारी साधनहरूले भाडामा मान्छे ओसार्ने काम बन्द गर्नुपर्ने उनीहरूको माग छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्