काठमाडौं, ९ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग–टुमा नेपाल र नामिबियाबीचको खेल जारी छ। त्रिवि क्रिकेट मैदनामा जारी खेलमा कुशल मल्ल ३६ रन बनाएर आउट भएका छन्। यो सँगै नेपालको छैटौँ विकेट गुमेको छ।
मल्लले ५२ बलमा १ चौका र तीन छक्का हाने। त्यस्तै,ओपनर आशिफ शेखले अर्धशतक पुरा गरेर आउट भएका थिए। उनले ६४ बल खेल्दै ८ चौका र एक छक्का हानेका थिए। हाल नेपालले नेपालले छैटौँ विकेट विकेट गुमाएको छ। ओपनर कुशल भुर्तेल १८ रन बनाएर आउट भए लगत्तै क्रिजमा आएका अनिश साह पनि शून्य रनमा पेभिलिएन फर्किए।
९ बल खेल्दै कप्तान रोहित पौडेल शून्यमा आउट भएका हुन्।











