असोज अन्तिम साता बैंकहरुको निक्षेप ८.१८ अर्ब बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौै, ३१ असोज । असोज अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप ८.१८ अर्ब रूपैयाँले बढेको छ । हाल बैङ्कहरुसँग कुल ४५ खर्ब १९ अर्ब रूपैयाँ निक्षेप रहेको छ ।

अघिल्लो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ११ अर्ब रुपैयाँमा मात्रै सिमित रहेको थियो ।

यो एक साताको अन्तरालमा बैङ्कहरुमा स्वदेशी मुद्राको निक्षेप बढेको छ भने विदेशी मुद्राको निक्षेपमा केही कम रहेको देखिएको छ । निक्षेपसँगै सामान्य रुपले कर्जामा पनि बढेको छ ।

६२ करोड रुपैयाँ थप कर्जा परिचालन भएको छ । असोज अन्तिम सातासम्म वाणिज्य बैङ्कहरुले कुल ४१ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा दिएका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्