नबिल बैंकका ग्राहकले हेयर एन्ड शान्ति युनिसेक्स सैलुनले दिने सेवा–सुविधामा छुट पाउने भएका छन्। छुटसम्बन्धी सम्झौतामा बैंक र हेयर एन्ड शान्तिबीच समझदारी भएको हो।
समझदारीपत्रमा नबिल बैंकका रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र हेयर एन्ड शान्ति युनिसेक्स सैलुन सञ्चालिका विनिता बुढाथोकीले हस्ताक्षर गरेका हुन्।
समझदारीअनुसार बैंकका ग्राहकले नबिल डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिटी कार्ड, एनबैंक वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्नेछन्। यस्तो छुट हेयर कट, कलरिङ, केराटिन, केस सज्जा सेवा, मेनिक्योर–पेडिक्योर, नेल आर्ट, अनुहार सौन्दर्यलगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख छ।
हाल बैंकका देशभर २६७ शाखा, २२ एक्सटेन्सन काउन्टर र ३१३ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।











