चालु आर्थिक वर्षको बजेट कटौती भएको छैनः अर्थमन्त्री महत

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ फागुन । अर्थमन्त्री प्रकाशशरण महतले चालु आर्थिक वर्षको बजेट कटौती नभएको बताएका छन्।

आज अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उनले संसदले पारित गरेको बजेट अर्थ मन्त्रालयले कटौती गर्न नसक्ने भन्दै बजेटको कटौती नभएको बताएका हुन्।

बजेटको मध्यावधि मूल्यांकन गर्दै अर्थ मन्त्रालयले चालु वर्षका लागि विनियोजन गरेको बजेटमा सवा दुई खर्ब कम बजेट खर्च हुने आकलन गरेको थियो। सरकारले चालु वर्षमा १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट विनियोजन गरेकोमा मध्यावधि समीक्षामा १५ खर्ब ३० अर्ब रूपैयाँको बजेट खर्च हुने अनुमान गरेको छ।

त्यस्तै बजेटको क्रममा १४ खर्ब २२ अर्बको राजस्व संकलन हुने अनुमान गरिएकोमा मध्यावधि मुल्यांकनबाट १२ खर्ब तीन अर्ब रूपैयाँ राजस्व उठ्ने आकलन गरिएको छ।

अर्थमन्त्री महतले अहिलेसम्म उठेको राजस्वको आधारमा उठ्न सक्ने राजस्व र खर्च हुन सक्ने बजेटको आकलन मात्रै गरिएको उनले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्