सान्जेन जलविद्युतको आइपीओमा १.५५ गुणा बढी पर्‍याे आवेदन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३१ असोज । सान्जेन जलविद्युत कम्पनीको आइपीओमा ५६ करोड ६२ लाख १६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा अन्तिम दिन अर्थात् ३० असोजसम्म २८ हजार ८५७ जना आवेदकले ५६ लाख ६२ हजार १६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.५५ गुणा बढी आवेदन हो ।

सान्जेनले ५ भदौदेखि एक सय अंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदिङमो गाउँपालिका-५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका-४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्ने ब्यवस्था थियो ।

यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरू १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाले पनि आवेदन दिन सक्ने ब्यवस्था पनि थियो । यो आइपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्