माघ महिनामा घरजग्गा कारोबार बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २ फागुन । चालु आर्थिक वर्षको माघ महिनामा घरजग्गा कारोबार बढेको छ।

गत वर्ष माघ महिनामा भएको कारोबारको तुलनामा यो वर्ष २३.९७ प्रतिशतले कारोबार बढेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार गत वर्ष माघ महिनामा देशभर ४१ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो।

यस वर्ष सोही अवधिमा ५० हजार ९ सय २१ संख्यामा घरजग्गा कारोबार भएको छ।
पुस महिनामा ४५ हजार संख्यामा घरजग्गा कारोबार भएको थियो। नीतिगत सुधार तथा घट्दो ब्याजदरका कारण घरजग्गाको कारोबार उकालो लागिरहेको छ। तर कारोबार बढ्दा पनि राजस्व भने घटेको देखिन्छ ।

आर्थिक मन्दीका कारण थोरै मूल्यका घरजग्गा किनबेच हुँदा राजस्व घटेको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडिएफ) का अध्यक्ष भेषराज लोहनीले बताए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्