काठमाडौँ, १ फागुन । तेस्रो संस्करणको भक्तपुर कप फुटबल प्रतियोगिता फागुन १८ गतेदेखि सञ्चालन हुने भएको छ ।
भक्तपुर युवा टिमको आयोजना हुने तेस्रो संस्करणको प्रतियोगितामा फागुन १८ देखि २६ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकले सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार रुपैयाँ र उपविजेता टिमले ६५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए । प्रतियोगितामा प्रत्येक खेलमा एक जना उत्कृष्ट र एक जना उदयमान खेलाडीलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ ।
भक्तपुर युवा टिमले कोभिड लगत्तै खेलकुदको गतिविधि सुन्य प्राय रहेको अवस्थामा भक्तपुर कप फुटबल प्रतियोगिताको सूरुवात गरेको थियो ।
टिमले विभिन्न प्रतियोगिताको आयोजना गरेर खेलाडी, अम्पायर, रेफ्री उत्पादनमा सहयोग पुर्याउँदै आएको छ ।











