काठमाडौँ, १ फागुन । गरिमा विकास बैंकको ४९ लाख २८ हजार ३०२.७१ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।
बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले बताएको हो। सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ।











