काठमाडाैं, २९ माघ । अर्थविद् उत्तम निरौलाले देशको अर्थतन्त्रको अवस्था राम्रो नरहेको बताउनु भएको छ ।
उहाँले नेपालको अर्थतन्त्रमा लामो समयदेखि नै केही संरचनात्मक समस्याहरू रहेको बताउनु भयो । रेडियो काठमाण्डुको कार्यक्रम राईट कर्नरमा कुराकानीका क्रममा उहाँले सरकारसँग अहिले पर्याप्त पैसा भए पनि उत्पादनसँग जोडिने,व्यवसाय गर्ने समूह न भएकाले पनि अर्थतन्त्रमा समस्या रहेको बताउनु भयो ।
उपभोग गर्ने वस्तुहरूको आयात गरेर विदेशी मुद्रा खर्च भइरहेको बताउनु भयो । संरचनात्मक आर्थिक सुधारको नीति सरकारले आर्थिक सुधारको नीति लिनु आवश्यक रहेको बताउनु भयो ।
उहाँले आर्थिक सुधार र रोजगारीका लागि उद्योग सञ्चालन गर्न निजी कम्पनीहरू सँग सहकार्य गरेर जानु पर्ने बताउनु भयो ।