बजेटको लक्ष्य घट्यो, १५ खर्ब ३० अर्बमा सीमित (पूर्णपाठ)

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले १२.६२ प्रतिशत बिन्दुले बजेटको आकार घटाएका छन्। 

चालू वर्ष १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएकामा अर्धवार्षिक समीक्षामार्फत घटाएर १५ खर्ब ३० अर्ब २६ करोडमा सीमित गरेका हुन्।

बजेट आकार घटाउँदा सबैभन्दा बढी पुँजीगत बजेट परेको छ। चालू बजेट कुल बजेटको ८८. ८४ प्रतिशत हुँदा पुँजीगत बजेट भने ८४.१३ प्रतिशत मात्रै छ।

त्यसैगरी वित्तीयतर्फको बजेट पनि विनियोजित बजेटको ८७.३९ प्रतिशत मात्रै हुने नयाँ लक्ष्य निर्धारण गरेका छन्।

मध्यावधि समीक्षा गर्दै अर्थमन्त्री महतले भने, ‘कुरा गरेजस्तो काम हुँदैन। आर्थिक सुधारको विषय विस्तारै हुन्छ। सूचक सकारात्मक छन् र यो यही गतिमा अघि बढ्छन्, आर्थिक गतिविधि बढ्छ भन्ने छ।’

उनले बजेट व्यवस्थापनमा अझै चुनौती रहेको बताए।

अर्थमन्त्री महतले ६.५ प्रतिशतमा मूल्यवृद्धिलाई झार्छौं भनिए पनि अहिले ६.४७ प्रतिशत रहेको जानकारी दिए। लगानीकर्तामा ‘कन्फिडेन्स’ हुने खाले गतिविधि बढाएर कर्जा प्रवाहलाई विस्तार गरिने उनले बताए। त्यसका लागि केही समय लाग्ने मन्त्री महतको भनाइ छ।

‘नयाँ ऋण लिन द्विविधा छ तर हिजो ऋणमा परेकाहरुले लिन सक्ने अवस्था छैन। आन्तरिक कर्जा २.६ प्रतिशतले बढेको छ। पूर्वाधार क्षेत्र राम्रो नहुँदा निर्यात घटेको हो।

मन्त्री महतले पुँजीगत खर्चमा अहिलेसम्म राम्रो प्रगति नभए पनि अब बढ्ने दाबी गरे। कतिपय कार्यविधि नै नबन्दा त्यस्तो स्थिति आएको उनको भनाइ छ।

उनले इभी (बिजुली गाडी) लाई प्रमोसन गर्न स्वात्तै कर घटाइएकाले सरकारी आम्दानी घटेको बताए। यससँगै पेट्रोलियमबाट आउने आम्दानी पनि घटेको उनले जानकारी दिए।

पूर्णपाठः

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्