नागरिक लगानी कोष–सानिगाड हाइड्रो सेयर प्रत्याभूति सम्झौता

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ माघ । नागरिक लगानी कोष र सानिगाड हाइड्रोबीच सेयर प्रत्याभूतिसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सानिगाडका प्रबन्ध निर्देशक राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे। 

कोषले सानिगाडको प्रतिसेयर १०० रुपैयाँले ८५ लाख ५० हजार कित्ता सेयरबापत ८५ करोड ५० लाख सेयर मूल्यबराबरको प्रत्याभूति गर्नेछ।

सम्झौता भएको मितिले कम्पनीले ६ महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्नेछ। ६ महिनाभित्र सेयर निष्कासन नभए सम्झौता स्वतः अन्त्य हुनेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्