वेस्ट इन्डिजविरुद्ध म्याक्सवेलको तुफानी शतक, रोहितको रेकर्डको बराबरी

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, २८ माघ । अस्ट्रेलियाका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले टी- २० कीर्तिमानी ब्याटिंग गरेका छन् ।

वेस्ट इन्डिजविरुद्धको टी-२० खेलमा ५० बलमा शतक बनाउदै म्याक्सवेलले पाँचौं शतक बनाएका हुन् । योसँगै म्याक्सवेलले अन्तर्राष्ट्रिय टी-२० मा सबैभन्दा बढी शतक बनाउने भारतका रोहित शर्माको बराबरी गरेका छन् ।

रोहितले १५१ खेलमा ५ शतक बनाएका छन् भने म्याक्सवेलले १०२ खेलमा पाँच शतक बनाएर किर्तिमान बराबरी गरेका हुन् । 

टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका सूर्यकुमार यादवले ६० खेलमा ४ शतक बनाएर दोस्रो स्थानमा छन् ।

वेस्ट इन्डिजविरुद्धको यस खेलमा अस्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको छ । जसमा म्याक्सवेलले ५५ बलमा अविजित १२० रन बनाएका छन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्