जनवरीमा श्रीलंकाको रेमिट्यान्स ११.४ प्रतिशतले वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

श्रीलंकामा सन् २०२३ जनवरीको तुलनामा सन् २०२४ को जनवरीमा ११.४ प्रतिशतले बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएकोे त्यहाँका श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायककाराले बताएका छन्। 

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै नानायककाराले जनवरी २०२४ मा ४८ करोड ७६ लाख अमेरिकी डलर विप्रेषण भित्रिएको उल्लेख गरेका छन्। श्रीलंकामा सन् २०२३ जनवरीमा ४३ करोड ७५ लाख डलर रेमिट्यान्स भित्रिएको थियो।

श्रीलंकाली केन्द्रीय बैंकको तथ्यांकअनुसार सन् २०२३ मा ५ अर्ब ९६ करोड अमेरिकी डलर विप्रेषण भित्रिएको थियो। यसैबीच सन् २०२३ को जनवरीको तुलनामा सन् २०२४ को जनवरीमा पर्यटनबाट हुने आम्दानी १२२.७ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैंकले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्