नेपाल, नामिबिया र नेदरल्यान्ड सहभागी हुने त्रिदेशीय टी २० क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार साँझ तालिका सार्वजनिक गरेको हो ।
नेपालले पहिलो खेल २७ फेब्रुरीमा नामिबियाविरुद्ध खेल्नेछ । प्रतियोगितामा एकअर्का टिमबीच दुई दुई खेल हुनेछन् । शीर्ष दुई टिम फाइनलमा पुग्नेछन् । फाइनल खेल पाँच मार्चमा हुनेछ ।












