यस्तो छ आजको मुद्रा विनिमयदर

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० असोज  । नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १२८ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ८९ पैसा र बिक्रीमा ८३ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ८८ पैसा र सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ३८ पैसा र बिक्रीमा ९२ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९० पैसा र बिक्रीमा ८ रुपैयाँ ९४ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २८ पैसा र बिक्रीमा १८ रुपैयाँ ३६ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्