सुनचाँदीको मुल्य घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ३० असोज । साताको पहिलो कारोबारदिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

शुक्रबार प्रतितोला ९४ हजार १ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १ हजार रुपियाँले घटेर ९३ हजार १ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार ६ सय रुपियाँ कायम रहेको छ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेर प्रतितोला एक हजार एक सय ६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्