नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ माघ । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान वित्तीय तथा आर्थिक स्थिति’ अनुसार पढ्नका लागि बाहिरिनेको संख्यामा वृद्धि भएको हो ।

चालु आवको ६ महिनामा विदेशमा पढ्न जाने विद्यार्थीले ५८ अर्ब ९५ करोड लगेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्