काठमाडौं नेपालमा बैंक तथा वित्तीय कम्पनीका शाखा सञ्जाल ११ हजार ५६७ वटा पुगेको नेपाल राष्ट्र बैंकको आँकडाले देखाएको छ।
मंगलबार केन्द्रीय बैंकले सार्वजनिक गरेको ६ महिने वित्तीय विवरणअनुसार राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या २०८० पुस मसान्तमा ११२ रहेको छ।
यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा छन्।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८० असार मसान्तमा ११,५८९ रहेकामा २०८० पुस मसान्तसम्म ११,५६७ पुगेको केन्द्रीय बैंकको विवरणमा उल्लेख छ।











