कोशी प्रदेश सरकारले प्रदेशमा उत्पादित घिउ तथा धुलो दुध निर्यातलाई प्रोत्साहन अनुदान दिने न्यूनतम मापदण्ड लागु गरेको छ ।
प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रबर्द्धन अनुदान (दोस्रो संशोधन) मापदण्ड २०८० लागु गरेको हो ।
उक्त मापदण्ड अनुसार नौनीलाई प्रतिकिलो ९० रुपैयाँ, घिउमा प्रतिकिलो १२० रुपैयाँ, होल मिल्क पाउडरलाई प्रतिकिलो ८० रुपैयाँ र स्किम मिल्क पाउडरलाई प्रतिकिलो ७० रुपैयाँ अनुदान दिइने भएको हो ।
तर, उक्त अनुदान पाउनका लागि निर्यातकर्ताले ८ वटा न्यूनतम प्राविधिक मापदण्ड पूरा गर्नुपर्ने छ ।
न्युज कारखाना











