नेपालमा जनवरीमा ७९ हजार पर्यटकको आगमन, भारतीय पर्यटकको संख्या उच्च

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौ, माघ २२ ।सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १०० पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागन विभागले सार्वजनिक गरेको विवरण अनुसार विश्वका १८० देशबाट ती पर्यटन घुम्नका लागि नेपाल आएका हुन् ।

जनवरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हुँदै नेपाल आउने पर्यटकमा सबैभन्दा ठूलो संख्या भारतीयको रहेको छ । त्यसपछि ठूलो संख्या चिनियाँ पर्यटकको रहेको अध्यागमनको तथ्यांकले देखाउँछ ।

अध्यागमनको तथ्यांक अनुसार जनवरीमा २४ हजार १३९ भारतीय पर्यटक नेपाल आएका थिए । सोही महिना सात हजार २६७ जना चिनियाँ र सात हजार ४७ जना अमेरिकी पर्यटक नेपाल आएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्