यसवर्ष धान रोपाइँको क्षेत्रफल बढेन ः कृषि विभाग

खबर बुक
  • ख-
  • ख+

कृषि विभागले धान रोपाइँको क्षेत्रफल नबढेको बताएको छ ।

प्रदेश १ बाट प्राप्त तथ्याङ्कमा त्रुटि पाइएपछि वास्तविक विवरण पठाउन भनिएको विभागका महानिर्देशक डा. रेवतिरमण पौडेलले सीआईएनसँग बताउनुभयो ।

केही दिनअघि विभागले २०७९ सालको साउनसम्म मुलुकभरमा १४ लाख २८ हजार ४ सय ९ हेक्टरमा रोपाइँ भएको तत्याङ्क सार्वजनिक गरेको थियो ।

२०७८ को तुलनामा धान रोपेको उक्त क्षेत्रफल ८५ हजार ५ सय ८९ हेक्टरले बढी भएको पाइएपछि कृषि मन्त्रालयले पनि चासो देखाएको थियो ।

महानिर्देशक पौडेलका अनुसार केही दिनअघिसम्म परेको लगातारको पानीका कारण भएको क्षतिको विवरण पठाउन पनि प्रदेश सरकारहरूलाई भनिएको छ ।

करिब १ हप्तामा क्षतिको विवरण आउने र त्यसपछि मात्रै राहत दिने वा नदिने भन्ने बारेमा निर्णय लिइने विभागले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्