साफ महिला च्याम्पियनशिप फुटबलमा भुटान माथि नेपालको जित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौ ,माघ २१ । १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ ।

ढाकाको वीर श्रेष्ठ शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई १–० ले हरायो । नेपालका लागि खेलको ५४ औँ मिनेटमा सेनु परियारले गोल गरिन् ।

यसअघि गएको शुक्रवार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ ले पराजित भएको थियो । आजको जितसँगै नेपालले फाइनल खेल्ने सम्भावना कायमै राखेको छ । तेस्रो तथा अन्तिम खेलमा नेपालले भारतसँग पर्सि मङ्गलवार खेल्नेछ ।

प्रतियोगिताको फाइनल खेल माघ २५ गते हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्