२० माघ, काठमाडौं । कालंगा हाइड्रोले सर्वसाधारणका लागि जारी गर्ने ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण सेयरमध्ये ३४ लाख ९० हजार कित्ता ज्योति क्यापिटलले प्रत्याभूति गर्ने भएको छ।
ज्योति क्यापिटल र हाइड्रोपावर कम्पनीबीच सेयर प्रत्याभूति सम्बन्धमा सम्झौता भएको हो।
कालंगा हाइड्रोेको मुख्य कार्यालय ललितपुरमा आयोजित कार्यक्रममा ज्योति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र कालंगा हाइड्रो सञ्चालक तीर्थराज चटौतले सेयर प्रत्याभूति सम्झौतापत्रमा हस्ताक्षर गरे।











