२० माघ, पोखरा । तामाङ पर्यटन व्यवसायीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन सञ्जालद्वारा सोनाम ल्होछारको अवसरमा शुभकामनाआदानप्रदान कार्यक्रम गर्ने भएको छ।
आफ्नो भाषा,संस्कृतीलाई संरक्षण गर्ने उद्धेश्यका साथ २८६० औं डुक ल्होको उपलक्ष्यमा आउदो २२ गते शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागिएको अध्यक्ष सरिता लामाले जानकारी दिइन।
ठमेलको होटेल मस्र्याङ्दीमा साँझ ५ बजेदेखि आयोजना हुने कार्यक्रममा ल्होछारको महत्वको बारेमा तामाङका अग्रज व्यक्तिहरुले आफ्नो धारणा राख्ने जनाएको छ।
योसँगै विभिद सांस्कृतीक कार्यक्रम र रात्रिभोजको आयोजना हुने अध्यक्ष लामाले जानकारी दिइन। उनि ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल(टान)का पूर्व महासचिव समेत हुन्।











