काठमाडौं, १७ माघ । २३औँ संस्करणको आहा-रारा गोल्डकप फुटबलमा शुक्रबार थ्रीस्टार र जावलाखेलबीच प्रतिस्पर्धा हुनेछ। पोखरा रंगशालामा साढे २ बजे शुरु हुने पहिलो सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल भिड्न लागेका हुन्।
थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मनाङ मर्स्याङ्दीलाई हराउँदै जावलाखेलले थ्रीस्टारसँगको भेट पक्का गरेको हो।
यही माघ ९ देखि शुरु भएको प्रतियोगिताको फाइनल माघ २० गते हुनेछ। उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एकहजार रुपैयाँ पुरस्कार पाउने छन्।











