यसपटक पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जान्छः रवीन्द्र मिश्र

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले यसपटकको निर्वाचनपछि पनि पुरानै दल हावी भए मुलुक अप्ठेरोमा जाने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मिश्रले यसअघि कांग्रेस एमाले माओवादी भन्ने दलहरु पटक पटक सरकारमा जादा पनि जनताका लागि कुनै काम गर्न नसकेको भन्दै अव पनि तीनै दलहरु सरकारमा पुगे मुलुक अप्ठेरो अवस्थामा पुग्ने बताउनुभएको हो ।

मुलुकलाई निकास दिन अव बैंकल्पीक शक्तिको आवश्यकता रहेको उहाको भनाई छ । मिश्रले यसअघि आफु करिव ८ सय मतले पराजित भएको भन्दै अव पनि राप्रपालाई मत नदिए बिकृत तप्का संसदमा छिर्ने र नागरिकको जीवनयापनमा कुनै परिवर्तन नआउने जिकिर गर्नुभयो ।

त्यस्तै मिश्रले दलहरुको राजनीतिक स्वार्थका लागि नै मुलुकमा संघीयता लाद्न खोजिएको भन्दै अव संघीयता खारेज गदै स्थानीय तहको सुदृढिकरण गर्नुपर्ने धारणा राख्नुभयो । आर्थिक पाटोका साथै नेपालको भूराजनीतिक धरातलका आधारमा पनि संघीयता आवश्यक नभएको उहाले बताउनुभयो ।

मिश्रले मुलुकलाई अघि बढाउन बिकासका साथै रोजगारीको सिर्जना गर्ने वातावरण निर्माण हुनुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्