प्रधानमन्त्री कपः कोशी लुम्बिनी प्रदेशलाई हरायाे ,एपीएफसंग सुदूरपश्चिम तीन विकेटले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १६ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

लगातार हार व्यहोरेको कोशीले आफ्नो अन्तिम खेलमा लुम्बिनीलाई १६ रनले पराजित गरेको हो । टियु क्रिकेट मैदान किर्तिपुरमा जितका लागि १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्विनी ४६.५ ओभर खेल्दा १५६ रनमा समेटियो । लुम्बिनीका लागि दिलसाद अलीले ६४ बलमा सर्वाधिक ३२ रन बनाए ।

कोशीकासौजन घिमिरेले सर्वाधिक ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशी ४४.४ ओभरमा १७२ रनमा अलआउट भएको थियोे । कोशीका लागि अंकित सुबेदीले सर्वाधिक ४९ रन बनाए । लुम्विनीका नर शार्की ४ विकेट लिए । वीर मगरले तीन विकेट लिए भने अभिषेक गौतमले दुई विकेट लिए । यस्तै कृष्ण कार्कीले एक विकेट लिए ।

त्यस्तै मंगलबार मुलपानी मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई तीन विकेटले पराजित गर्यो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भयो । जितसँगै एपीएफले १० अंक जोडेको छ भने सुदूरपश्चिमको ८ अंक रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्