काठमाडौं, माघ १५ । नेपाल एसबिआई बैंकका कर्मचारीले डाटा गोपनीयता दिवस अवसरमा ग्राहकका सबै व्यक्तिगत एवं वित्तीय जानकारी गोप्य राख्न र कार्यविधिबारे अद्यावधिक रहने प्रतिज्ञासहित सपथ लिएका छन्।
उनीहरुले ग्राहकको वित्तीय सुरक्षामा सजग, सचेत रहने, कार्यस्थलमा गोपनीयता कायम गर्ने प्रणसमेत व्यक्त गरेका छन्।
बैंकका प्रबन्ध निर्देशक तथा सीईओ दीपकुमार दे, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत श्री यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख प्रविधि अधिकारी सुनन्द मल्होत्रालगायत पदाधिकारीले सबै कर्मचारीलाई उक्त प्रतिज्ञामा रहेर सपथ खुवाएका थिए।
हाल बैंकले मुलुकभर ९७ शाखा, २२ एक्सटेन्सन काउन्टर, १२१ एटिएमबाट बैंकिङ सेवा दिँदै आएको छ।











