काठमाडौं, १३ माघ । इलामको पर्यटन लयमा फर्कन थालेको छ । कोरोना महामारीका कारण पछिल्लो तीन वर्ष थलिएको इलामको पर्यटन लयमा फर्कन थालेको हो ।
पछिल्लो समय इलाममा भित्रिने पर्यटकहरुको सं ख्यामा वृद्धि भएको पाइएको छ । जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्न थालेको छ ।
झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकल रोङको तथ्यांकअनुसार पछिल्लो समय इलाम घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको हो ।चालु आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा ८५ हजार ३२६ जना पर्यटक इलाम भित्रिएका हुन् ।
गत साउन १ देखि पुस मसान्तसम्म ७४ हजार ७७७ आन्तरिक र १० हजार ५४९ जना विदेशी पर्यटक इलाम भित्रिएको पर्यटन सूचना केन्द्रका सूचना अधिकारी गगन घिमिरेलेलाई जानकारी दिए ।
गत साउनमा एक हजार २८९, भदौमा ९१८, असोजमा दुई हजार १४५, कात्तिकमा १८ हजार ३०३, मंसिरमा २६ हजार ५४८ र पुसमा ३६ हजार १२२ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।











