हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन सर्वोच्चको परमादेश

खबर बुक
  • ख-
  • ख
  • ख+

सर्वाेच्च आदालतले हिमालय एयरलाइन्सलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन परमादेश जारी गरेको छ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाममा हिमालय एयरलान्इसलाई ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ दिन परमादेश जारी गरेको हो। 

प्राधिकरणबाट २०७२ मा जारी ‘नेपाल नागरिक उड्डयन प्राधिकरण वायुयानहरूको ग्राउन्ड ह्यान्डलिङ तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका, २०७२ मा सातामा कम्तीमा ३५ नियमित उडान गर्ने कम्पनीले आफैं ग्राउन्ड ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ।

हिमालयले सोही निर्देशिकाअनुसार आफैं ग्राउन्ड ह्यान्डलिङ गर्ने बताएसँगै प्राधिकरणले नदिएपछि त्यसविरुद्ध सर्वोच्च गएको थियो।

कम्पनीले उपकरण खरिद गरेर पूर्वाधार निर्माण गरिरहे पनि तत्कालीन उड्डयनमन्त्री योगेश भट्टराईले ‘सेल्फ ग्राउन्ड ह्यान्डलिङ’ नदिन प्राधिकरणलाई निर्देशन दिएका थिए। त्यसपछि हिमालय एयरलाइन्स २०७९ फागुन ४ मा प्राधिकरणविरुद्ध सर्वाेच्च गएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्