पुलिस आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडाैं, १२ माघ ।  नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले क्वाटरफाइनलमा चर्च व्याइज युनाइटेड क्लबको सामना गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने पहिलो क्वाटरफाइनलमा थ्रीस्टार र भुटानको पारो फुटवल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने आयोजक सहारा क्लबले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्