६१ किलो सुन प्रकरण : ६ आराेपीलाई धरौटीमा छाड्न आदेश

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० माघ । उच्च अदालत पाटनले ६१ किलो सुन प्रकरणका ६ आरोपीलाई धरौटीमा छाड्न आदेश दिएको छ।

न्यायधीशद्वय धीरबहादुर चन्द र कृष्णराम कोइरालाको संयुक्त इजलासले कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्ट, गणेशप्रसाद पौडेल, विरेन्द्र नेपाली, सुदर्शन गौतम र यादव पराजुलीलाई धरौटीमा छाड्न आदेश दिएको हो।

अदालतले श्रेष्ठ र भट्टबाट जनही एक/एक लाख, पौडेल र नेपालीबाट पाँच/पाँच लाख तथा सुदर्शन गौतम र यादव पराजुलीबाट दुई/दुई लाख धरौटी लिएर छाड्न आदेश दिएको हो। अन्यको हकमा पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश सदर भएको छ।

उच्च अदालतले मुख्य आरोपी दावा छिरिङ, टाँसी भनिने थुप्तिन छिरिङ, शिव कुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राइ, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई भने थुनामा राख्ने जिल्लाको आदेश सदर गरेको हो।

गत साउनमा ‘ब्रेक प्याड’मा राखेर अवैधरुपमा भित्र्याएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्