प्रधानमन्त्री कपः कोशी प्रदेशकाे अर्को हार, पुलिस संग धेश प्रदेश ६ विकेटले पराजित

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, १० माघ  । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले अर्को हार व्यहोरेको छ ।

बुधबार टियु क्रिकेट मैदानमा कोशी सुदुरपश्चिमसंग ८ विकेटले पराजित भएको हो । जारी प्रतियोगीतामा कोशीको यो आठौँ हार हो । जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २१ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सुदुरपश्चिमका लागि नरेन भट्टले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए ।

कोशीका लागि दुवै विकेट फिर्दोश अन्सारीले लिएका थिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा समेटिएको थियो । सुदुरपश्चिमका शेर मल्लले ५ विकेट लिएका थिए । निरन्तर हारसंगै कोशी अंकतालिकाको पुछारमा रहेको छ ।

त्यस्तै बुधबार मुलपानी मैदानमा भएको खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटले पराजित गर्योे । मधेशले प्रस्तुत गरेको ९७ रनको लक्ष्य पुलिसले १८ दशमवल ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । मधेशलाई सस्तैमा समेटिन सागर ढकालले ५ र ललित राजवंशीले ४ विकेट लिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्