पाकिस्तानविरुद्ध नेपालले टस जितेर ब्याटिङ,नेपाली टिममा तीन परिवर्तन

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौँ, १० माघ । दक्षिण अफ्रिकामा जारी आइसीसी यू- १९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ । समुह डी मा रहेको नेपालले यस खेलमा टस जितेको छ ।

नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै पाकिस्तानले पहिला बलिङ गर्ने भएको छ ।   

नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो भने पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो ।  

नेपाली प्लेइङ ११ 

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा,  दिपेश प्रसाद कँडेल, सुभाष भण्डारी,  उत्तम थापा मगर, विपिन रावल र आकाश चन्द ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्