काठमाडौं, ९ माघ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगीतामा गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।
टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकीले बागमतीलाई तीन विकेटले पराजित गरेको हो । जितका लागि १९९ रनको लक्ष्य पछ्याएको गण्डकीले तीन बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । गण्डकीका लागि करन पंगेनीले सर्वाधिक ७९ रन बनाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बागमती ४९.१ ओभर खेल्दा १९८ रनमा समेटियो । गण्डकीका लागि कमल परियारले ४ विकेट लिए ।
त्यस्तै मुलपानी मैदानमा भएको खेलमा कर्णाली प्रदेशले कोशीलाई ६ विकेटले पराजित गर्यो । जारी प्रतियोगीतामा कोशीको यो सातो हार हो । कर्णालीले जितका लागि आवश्यक १ सय ५२ रन ३० औं ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कोशीले ३४.३ ओभरमा अलआउट हुनुअघि १ सय ५१ रन जोडेको थियो ।
त्यस्तै भैरहवा रंगशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई ४ विकेटले हराएको छ । आर्मीले जितका लागि आवश्यक १ सय २२ रन २४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको एपिएफले ३२.४ ओभरमा १ सय २१ रन बनाउदै अलआउट भयो ।











