प्रधानमन्त्री र मन्त्रीले आफ्नो क्षेत्रबाहेक अन्यत्र प्रचारमा हिँड्न नपाउने

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १३ भदौ।।निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ ।

तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् ।

यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउने छैनन् ।

न्युज कारखाना

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्