एपीएफको टाइगर कपमा उपाधि ह्याट्रिक 

खबर बुक
  • ख-
  • ख
  • ख+

पोखरा, ६ माघ ।। विभागीय टोली एपीएफ क्लबले टाइगर कप अन्तर्गत महिला भलिबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल खेलमा चन्द्रागिरी न्यु डायमण्डलाई सोझो सेटमा हराउँदै एपीएफले लगातार उपाधि आफ्नो पक्षमा पारेको हो । एपीएफले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

एपीएफले महिलातर्फ दोस्रो र तेस्रो संस्करणको उपाधि पनि जितेको थियो ।

पोखरा रंगशालाको भलिबल कोर्टमा पहिलो सेटमा २५–२० मा जितेको एपीएफले दोस्रो सेट २५–१८ मा जित्दा अन्तिम सेटमा २५–२१ को जित निकाल्यो ।

उपाधिसँगै एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गरेको छ। दोस्रो भएको न्यु डायमण्डले २ लाख ५५ हजार ५ सय ५५ रुपैया पाप्त गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्