राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता बिधेयकको बारेमा शिर्ष नेताहरूसँग परामर्स गर्नुभएको छ ।
आज प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली काँग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा चासो राख्नुभएको छ ।
आज दिउँसो काँग्रेस नेताहरुसँग शीतल निवासमा भेट गर्नुभएका उहाँले नागरिकता विधेयकका विषयमा चासो राख्नुभएको हो ।
प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक हालै राष्ट्रपति भण्डारीले फिर्ता पठाउनुभएको थियो ।
उक्त विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ भने हाल राष्ट्रियसभाको विधायन समितिमा छ ।
राष्ट्रपतिसँगको भेटमा काँग्रेस सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्र ब.कार्की सहभागी रहनुभएको थियो ।
यस्तै राष्ट्रपति भण्डारीको आह्वानमा एमालेका शिर्ष नेताहरू पनि शितल निवास गएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शिर्ष नेताहरूलाइ छलफलका लागि साँझ ५ बजे शितल निवास बोलाउनुभएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएकाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ सहितका नेताहरू राष्ट्रपति कार्यालय पुगेका छन् ।
एमालेका नेताहरूसँग पनि उहाँले नागरिकता बिधेयकको बारेमा छलफल गर्नुहुने बुझिएको छ ।
नागरिकता बिधेयकमा राष्ट्रपति भण्डारीले असन्तुष्टि जनाइरहनुभएको छ ।