विश्व बजारमा ओरालाे लाग्न शुरू भएकाे शेयर बजार याे हप्ता नेपालमा पनि ओरालाे लाग्याे, के हाेला अर्काे हप्ता ?

खबर बुक
  • ख-
  • ख
  • ख+

५ माघ, काठमाडौं ।शेयर बजार बिहिवार पनि घटेको थियाे । बुधवार दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से बिहिवार ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेको छ ।

बिहिवार फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बिहिवार तेह्रथुम पावर कम्पनीको शेयर सबैभन्दा धेरै ९ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन रिडी पावर कम्पनी, सिनर्जी पावर डेभलपमेन्ट, माहुली लघुवित्त र गणपति लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्