आउँदाे १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने ऊर्जामन्त्री बस्नेतकाे दाबी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ माघ । ऊर्जा, जलस्राेत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आउँदाे १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने दाबी गर्नुभएकाे छ ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको जग बसेको दाबी गर्नुभएको हो । उहाँले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासका निम्ति एउटा विशेष र महत्त्वपूर्ण अवसर बन्ने बताउनुभयो ।

मन्त्री बस्नेतले पछिल्लो ८ वर्षमा २२ सय मेगावाट बिजुली उत्पादन गरेको र अबको ३ देखि ४ महिनाभित्र ४/५ सय मेगावाट उत्पादन हुने बताउनुभयो । लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्न सके ऊर्जा क्षेत्रका समस्या समाधान हुने बस्नेतकाे भनाइ छ । लगानीकर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको उहाँको दाबी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्