ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने सरकारकाे निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ४ माघ । सरकारले ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले ऊर्जा शक्तिको विकासका लागि मार्ग प्रशस्त गर्न ग्रिन हाइड्रोजन नीति २०८० स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभयो । बैठकले सुर्खेतको करेखोलामा ४ किला तोकी पशुबथशाला स्थापना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

केन्यामा आयोजना हुने युनाईटेड नेसन्स वातावरण सम्बन्धी गोष्ठीमा सहभागी हुनको लागि नेपाल सरकारलाई आर्थिक दायित्व नपर्नेगरी वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महत्वलाई स्वीकृत दिने निर्णय भएको उहाले बताउनुभयो ।

त्यस्तै बैठकले विराटनगर महानगरपालिका– ५ स्थित १३ कट्ठा दुई धुर जग्गा नेपाल खानेपानी संस्थान विराटनगर शाखालाई खानेपानी संरचना निर्माण गर्न भाडामा दिन स्वीकृत दिने निर्णय पनि भएको उहाले बताउनुभयो ।

बैठकले बैठकले खुर्कोट जग्गा एकीकरणको आयोजनाको लागि करिव ६७७ रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय गरेको छ भने रामराजा प्रसाद सिंह विज्ञान प्रतिष्ठान पूर्वाधार विकास समिति गठन आदेश, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्